Logo

बागमती पेज

कार्तिक २३, २०७९ बुधबार

दोलखा एमालेको ५१ हजार परिवार भेट्ने तयारी


दोलखा : आसन्न मङसिर ४ मा हुने चुनावलक्षित गरेर नेकपा एमाले दोलखाले नयाँ कार्यक्रम तथा अभियान घोषणा गरेको छ ।

उसले जिल्लाका सबै ५१ हजार परिवारलाई भेट्ने लक्ष्यसहित ‘४८ हजार घर पुगौँ, ५१ हजार परिवार भेटौँ’ अभियान सुरु गरेको हो ।

अभियान भीमेश्वर नगरपालिकाबाट हिजोदेखि नै सुरु गरिएको एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । मेलुङ र शैलुङ गाउँपालिकामा आज २२ गतेबाट, वैत्येश्वर गाउँपालिकामा २४ गतेबाट र तामाकोशी, गौरिशंकर,विगु कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकामा २५ गतेबाट यो कार्यक्रम सुरु हुनेछ ।

अभियान जिल्लाका नौ वटा पालिकाका ७४ वटै वडामा सञ्चालन हुनेछ । अभियानअन्तर्गत पालिका कमिटी, वडा कमिटी तथा टोल कमिटिहरु हरेक मतदाताको घर तथा परिवारमा पुगेर चुनावी प्रचारप्रसार गर्नेछन् ।