Logo

बागमती पेज

कार्तिक २३, २०७९ बुधबार

सप्तरीमा प्रचार सामग्री हटाउँदै प्रहरी


 

काठमाडौँ । सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटाएको छ । तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको हो ।

सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको बताए ।

उनका अनुसार सार्वजनिक यातायातमा राखिएको दलको झन्डासमेत खोल्न लगाइएको छ ।