Logo

मेघनाथ पहाडी

कार्तिक २७, २०७९ आईतबार

ओखलढुंगामा एमालेलाई धक्का : १४६ नेता कार्यकर्ता कांग्रेस प्रवेश


काठमाडौँ । आसन्न निर्वाचन नजिकिएसँगै ओखलढुंगाको चुनावी माहोल तातेको छ । ओखलढुंगाका १४६ नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्दा एमालेको चुनावी महोलमा धक्का लागेको हो ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका १४६ जना एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस माओवादी लोकतान्त्रीक गठबन्धनले गरेको चुनावी घरदैलो अभियानका क्रममा एमाले १४६ जना गठबन्धनलाई चुनावमा सघाउन भन्दै कांग्रेसमा प्रवेश गरेका छन् ।

जिल्लाको सुनकोशी गाउँपालिका–५ मा नेकपा एमाले वडा कमिटी अध्यक्ष दिनेश तामाङ सहितका १० जना कांग्रेसमा प्रवेश गरेका छ । सिद्धिचरण नगरपालिका वडा नं १ र २ बाट १३६ जना नेकपा एमालेका कार्यकर्ता गठबन्धनलाई जिताउन नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस जिल्ला सदस्य हुकुम राईले बागमती पेजलाई जनाए ।

पार्टी प्रवेश गर्नेहरुलाई कांग्रेस केन्द्रिय सदस्य तथा प्रतनिधिसभा सदस्यका उम्मेद्वार रामहरी खतिवडा लगायतका नेताले स्वागत गरेका थिए । पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिइने खतिवडाले प्रतिवद्धता जनाएका थिए ।

जिल्लामा सत्ता गठबन्धन र नेकपा एमाले लगायतका दलहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । दलहरुले जिल्लाका विभिन्न स्थानिय तहहरुमा सार्वजानिक तथा ठुला आम सभा गरिरहेका छन् ।