Logo

मेघनाथ पहाडी

कार्तिक २९, २०७९ मंगलबार

आगामी ५ वर्षमा डा. राजन भट्टराईका ३० ग्यारेण्टी


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आगामी ५ वर्षका लागि ३० ग्यारेण्टी सार्वजनिक गरेका छन् ।

विकासवादी छवी बनाएका डा. भट्टराईले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहदा काठमाडौं क्षेत्र नं. ४ मा ८ अर्व ३० करोड २३ लाख भन्दा बढी बजेट विनियोजन गराएर यस क्षेत्रको पूर्वाधार निर्माणमा अतुलनीय योगदान पुर्याएका छन् ।

आफू निर्वाचित भएपछि गर्ने कामको प्रतिवद्धतामा उल्लेख गरेका बुँदाहरुलाई ३० ग्यारेण्टीमा समेटिएपछि स्थानीय विकासमा काठमाडौं क्षेत्र नं. ४ पूर्ण रुपमा बदलिने देखिन्छ ।

डा. राजन भट्टराईले सार्वजनिक गरेका ग्यारेण्टीमा नीतिगत काम, पूर्वाधार विकासका काम समेटिएका छन् ।

डा. राजन भट्टराईका ३० ग्यारेण्टी :

  • स्थानीय तह, प्रदेश र केन्द्र तहबाट गरिने विधिनिर्माण, बजेट बाँडफाँड गर्न सहजीकरण र समन्वय गर्ने ।
  • राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिने ।
  • प्रबुद्ध व्यक्तिहरूको समूहले दिएको प्रतिवेदनको कार्यान्वयन गर्न आवश्यक कूटनीतिक वातावरण तयार पार्ने ।
  • लिपुलेक, लिम्पियाधुरालगायतको कालापानी क्षेत्र नेपालको अधिनमा ल्याउन क्रियाशील रहने ।
  • धोबीखोला करिडोर र साततले–आनीगुम्बा सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने ।
  • गोपीकृष्ण हल अगाडिबाट तिलगङ्गा निस्किने गरी ‘अन्डरपास’ वा ‘फ्लाइओभर’ सडक वा गोपीकृष्ण हल अगाडिबाट धोवीखोला करिडोर हुँदै रातोपुल पुर्याई र रातोपुलबाट तिलगङ्गा निस्किने गरी ‘अन्डरपास’ वा ‘फ्लाइओभर’ सडक निर्माण गर्ने ।
  • मेलम्ची खानेपानी आयोजनाको बाँकी काम २ वर्षभित्र सम्पन्न गरी अन्य योजनामार्फत खानेपानीको समस्या पूर्ण रूपमा समाधान गर्ने ।
  • धोबीखोला, चखुंचा खोलामा निर्माणाधिन बक्स कल्र्भट र ढल निमार्णको काम आगामी १८ महिनाभित्र सम्पन्न गर्ने ।
  • बाढी तथा डुबान नियन्त्रणका लागि एकीकृत आयोजना मार्फत यस क्षेत्रलाई बाढी तथा डुबानमुक्त बनाउने ।
  • ‘एक वडा एक सार्वजनिक शौचालय’ निर्माण गरी प्रत्येक टोलमा सार्वजनिक शौचालय अभियान संचालन गर्र्ने ।
  • फोहोरमैला व्यवस्थापनका लागि रणनीति तयार गरी बैज्ञानिक ढङ्गले फोहोरमैला विसर्जन र व्यवस्थापन गर्ने ।
  • सामुदायिक विद्यालय र क्याम्पसको भौतिक संरचना निर्माण, स्तरोन्नति तथा आधुनिकीकरण गर्ने ।
  • २ वर्षभित्र दुवै नगरक्षेत्रमा एक एकवटा सार्वजनिक पुस्तकालय निर्माण र सञ्चालन गर्ने ।
  • ५ बर्षभित्र पशुपति विश्वविद्यालय स्थापनाको प्रक्रिया पुरा गर्ने ।
  • बुढानीलकण्ठ नगर अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने । सबै नागरिकको लागि आधारभूत स्वास्थ उपचारलाई निःशुल्क गर्ने ।
  • विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको संरक्षण, नियमन र विकासका लागि एकीकृत योजना तयार पारी लागु गर्ने ।
  • स्थानीय पर्व र उत्सवहरूलाई संरक्षण, सम्र्बद्धन, प्रचार तथा नियमित सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने ।
  • बूढानीलकण्ठको चुनिखेल क्षेत्रलाई समेत समेटी चाबहिलको चारुमती क्षेत्रलाई काठमाडौँ उपत्यकाकै नेवारी संस्कृति झल्किने सङ्ग्रहालयको रूपमा विकास गर्ने ।
  • काठमाडौँ क्षेत्र नं. ४ भित्रका सुकुम्बासी दाजुभाइ दिदीबहिनीले अहिलेसम्म भोग्दै आएको समस्याको समाधान गरी स्थानीय सरकारको सहकार्यमा लालपुर्जा वितरण गर्ने ।
  • महिलाहरूको सिप विकास, घरेलु उद्यम र स्वरोजगारी सिर्जना तथा सामाजिक सशक्तीकरणका लागि तालिम, प्रोत्साहन र अवसरहरूको प्रबन्ध गर्ने ।
  • १०० जना क्षमताको शिवपुरीको फेदीमा आधुनिक र सुविधासम्पन्न ज्येष्ठ नागरिक आवास भवन निर्माण गर्ने ।
  • नयाँ भौतिक संरचना तथा पार्कहरू ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री हुने व्यवस्था मिलाउने ।
  • ‘एक वडा एक खेलग्राम’ को अवधारणाअनुरूप खेल पूर्वाधार विकास गर्ने ।
  • ३ वर्षभित्र सिफलचौर र सुवर्ण शम्शेर खेलमैदानलाई राष्ट्रियस्तरको खेलमैदान बनाइने ।
  • काठमाडौं ४ लाई दुव्र्यसनमुक्त क्षेत्र बनाउन अभियान संचालन गर्ने ।
  • स्कुल र कलेजहरूमा व्यापार र प्रविधि इन्क्युबेटरहरू स्थापना गरेर स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने ।
  • योग्यताको आधारमा रोजगारी दिने, स्वरोजगार विकासको लागि बीउ पूँजी र तालिम संचालन गरी बेरोजगारी समस्या समाधान गर्ने ।
  • शिवपुरीक्षेत्रलाई जनताको उपयोगमा रहने गरी पर्यटन प्रवद्र्धनसँग एकाकार गर्ने ।
  • सार्वजनिक पार्क तथा चौरहरूको स्तरोन्नति गरी आधुनिकीकरण र सौन्दर्यकरण गर्ने ।
  • ‘एक टोल एउटा सुन्दर पार्क’ को अभियान अगाडि बढाउने ।