Logo

बागमती पेज

मंसिर १, २०७९ बिहीबार

जयराम थापाका मुख्य ११ प्रतिवद्धता !


काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४(२) का प्रदेश सभा सदस्यका उम्मेद्वार जयराम थापाले सार्वजनिक गरेको मुख्य ११ प्रतिवद्धता लिएर आएका छन् ।

उम्मेद्वार थापाले सार्वजनिक गरेको मुख्य प्रतिवद्धताले अग्रजहरुलाई सम्मान र युवाहरुलाई रोजगार दिने र क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकार विचको आफू दरिलो पुल बन्ने धारणा राखेका छन् ।

मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा उम्मेदवार बनेका थापाले बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको प्रदेशसभा क्षेत्रमा विभिन्न पूर्वाधार र सामाजिक विकासका विषयहरु समेटेर ११ बुँदे विकास योजना ल्याएका हुन् ।

उम्मेद्वार थापाले सार्वजनिक गरेका ११ प्रतिवद्धता :

१. एकीकृत खानेपानी बोर्डमार्फत खानेपानी योजना लागू गरिनेछ ।
२. फोहोरमैला व्यवस्थापन बोर्ड गठन गरी समस्या समाधान गरिनेछ ।
३. रुद्रमती (धोवीखोला) सफाई अभियान मार्फत स्वच्छ पानी बग्ने वातावरण बनाइनेछ ।
४. युवाहरुको लागि करियर डेभेलप्मेन्ट सेन्टर बनाइनेछ ।
५. प्रदेश स्तरीय पर्यटन बोर्ड बनाई पर्यटकीय क्षेत्रको गुरुयोजना तयार पारिनेछ ।
६. ‘एक वडा, एक खेल मैदान’को अभियानलाई प्रदेश मार्फत स्तरोन्नती गरिनेछ ।
७. ‘एक वडा, एक सार्वजनिक शौचालय’को अभियान कार्यान्वयन गरिनेछ ।
८. प्रत्येक एक सय दिनमा जनतासँग साक्षात्कार कार्यक्रम गरिनेछ ।
९. जन गुनासो, सर सल्लाह र सुझावका लागि डिजिटल प्लेटफर्म बनाइनेछ ।
१०. महिला, बालबालिका र जेष्ठ नागरिकहरुको लागि विशेष कार्यक्रम ल्याइनेछ ।
११. सार्वजनिक जग्गाको लागत राखी संरक्षणका विविध उपाय अपनाइनेछ ।