Logo

बागमती पेज

मंसिर २, २०७९ शुक्रबार

शृंखला जित्न नेपालले पायो १७७ रनको लक्ष्य


काठमाडौं । युएईसँगको शृंखलाअन्तर्गत तेस्रो तथा निर्णायक एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । यसअघिका दुई खेलमा १–१ को बराबरी रहेकाले यो खेलको विजेताले दुईदेशीय शृंखला जित्नेछ ।

आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको हो ।

७ जना बलर प्रयोग गरेको नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिएका थिय ।

तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।