Logo

भवानी कार्की

मंसिर २, २०७९ शुक्रबार

गायक थापाको ‘रातो कार’ बोलको गीत सार्वजनिक


काठमाडौँ । गायक लीला श्रेष्ठ तथा नकुल थापाको सहकार्यमा तयार पारिएको ‘रातो कार’ बोलको गीत सार्वजनिक भएको छ । त्रिपुरा म्युजिकको प्रस्तुती रहेको रातो कार बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा लीला र नकुलको साथमा गायिकाद्धोय स्मृती गौतम तथा सानु धमलाको स्वर रहेको छ। रातो कार गीत गायक लीलाकै लय र संगीत रहेको गीतलाई पूर्ण गुरुङले एरेञ्ज गरेका हुन्। भिडियोमा मोडलहरु लोमस शर्मा र अनु पराजुलीको साथमा सुदिप श्रेष्ठ, सुमन श्रेष्ठ, दिपा तामाङ र रुपा तामाङको अभिनय तथा नृत्य रहेको छ।

गायक थापाका यस अघि कर्कलोको पानी ,पीपलु र वर, सुनकोसीमा बलेफी दोभान जस्ता गीतहरु सर्वप्रीय छन् । गायक थापा हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका छन् । थापाले आफू नेपाल आएको मौका पारी यस गीत बजारमा ल्याएको र यसबाट सबै उमेरका दर्शक श्रोताले मनोरञ्जन लिन सक्ने बताए।

गीतको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन तथा राजाराम सिगडाले कोरीयोग्राफ गरेका छन भने सन्तोस तिमल्सिनाको छायांकन तथा रोशन धितालको सम्पादन रहेको छ।