काठमाडौं, ४ मंसिर । काठमाडौँ-३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत शाहीले जानकारी दिए।
सोमबार बिहान ७ बजेपछि मतगणना नसकिएसम्म निरन्तर गणना भइरहने उनले सुनाए । विगतका संसदीय निर्वाचनमा सबै क्षेत्रको कार्यालय राष्ट्रियसभा गृहमा राख्ने गरिएको थियो ।
यस वर्ष सबै क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय छुट्टाछुट्टै राखिएको छ । मतगणना पनि सबै क्षेत्रमा गरिने छ । काठमाडौँ–३ को मतगणना यसपटक चामुण्डा माध्यमिक विद्यालयमा गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनाका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको छ । एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने जानकारी पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकको पनि मतगणना सकेरमात्र मत यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्