Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

काठमाडौं- ४ मा मतगणना बिहान ९ बजेबाट हुने


काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा सोमबार बिहानदेखि मात्र मतगणना सुरू हुने भएको छ।

निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न वडाबाट ल्याएका मतपेटिका सोमबार बिहान ९ बजेबाट मात्र गणना सुरू गरिने निर्वाचन अधिकृत सारदा पौडेलले जनाएकी छन्।

पौडेलका अनुसार अहिले मतगणना निम्ति सर्वदलीय बैठक गर्न दलका प्रतिनिधिहरूको छलफल पछि बिहान बाट गणना गरिने भएको हो ।