Logo

बागमती पेज

मंसिर ६, २०७९ मंगलबार

प्रतिनिधि सभा: हालसम्म कहाँ कसले जिते ?


काठमाडौँ, ०६ मंसिर । आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ।

मंगलबार बिहान ३ बजेसम्मको विवरण अनुसार अहिलेसम्म चार स्थानको मतपरिणाम आइसकेको छ।

निर्वाचन क्षेत्रहरू काठमाडौं-१, मनाङ, मुस्ताङ र ललितपुर-२ को नतिजा आइसकेको छ।

काडमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। उनले ७१४३ मत पाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रवीन्द्र मिश्रलाई पराजित गरेका हुन्। मिश्रले ७०११ मत पाए।

त्यस्तै नेपाली कांग्रेसले मनाङमा पनि जीत हासिल गरेको छ। मनाङमा टेकबहादुर गुरुङ २५७५ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। गुरुङले २२४७ मत पाए।

मुस्ताङ- १ मा पनि नेपाली कांग्रेसका योगेश गौचन थकालीले जितेका छन्। उनले ३९९२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाए।

त्यस्तै नेकपा एमालेका प्रेमलाल महर्जन पनि निर्वाचित भइसकेका छन्। ललितपुर- २ बाट निर्वाचित उनले १५०२५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८८८६ मत पाए।