Logo

मेघनाथ पहाडी

मंसिर ६, २०७९ मंगलबार

जित सुनिश्चित गर्दै गगन थापा, ५ हजार ५ सय ६८ मतको अग्रता


काठमाडौँ, ०६ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो मतान्तरको अग्रता देखाएका छन् ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार २ सय ३२ मत गणना हुँदा थापाले १७ हजार ५ सय १७ मत प्राप्त गरेका छन्, भने उनका प्रतिश्पर्धि नेकपा (एमाले) तर्फका उम्मेदवार डा. राजन भट्टराईले ११ हजार ९ सय ४८ मत प्राप्त पाएका हुन् ।

बूढानीलकण्ठ नगरपालिका भित्रका ८ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका हुन् ।

बूढानीलकण्ठ नगरपालिका भित्रका ८ वटा वडाहरुको मतगणना सकिँदा थापाले २७ सय ११ मतको अग्रता लिएका थापाले काठमाडौँ महानगरका २ वटा वडा १ र ७ को मत गणना सकिदा ५ हजार ५ सय ६८ मतको अग्रता लिएका छन् ।

एमालेको गड मानिने बूढानीलकण्ठ क्षेत्र भित्रका मतदान स्थलको मत गणना गर्दा गगनले २७ सय ११ मतले अग्रता लिँदै आफ्नो जित सुनिश्चित गरेका थिए । महानगरमा एमाले भन्दा कांग्रेस भारी मतले अगाडी रहेको कांग्रेस निकट नेताहरु बताउँछन् । त्यसैले डा. भट्टराईलाई पराजित गर्दै गगनले जित हासिल गर्ने अनुमान गरिएको छ ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले २ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । यस क्षेत्रको मत गणना सुरु भएदेखि नै गगनको अग्रता कायम रहेको छ ।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा २ तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ ।

काठमाडौँ–४ प्रदेशसभा १ अन्तर्गत पर्ने महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका छन् ।