Logo

बागमती पेज

मंसिर ६, २०७९ मंगलबार

भारी मतका साथ काठमाडौँ-४ मा गगन थापाको जित


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भारी मतका साथ जित हासिल गरेका छन् । काठमाडौँ–४ बाट थापाले फराकिलो मत अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै जितेका हुन् ।

भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । 

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । यस पटक पनि थापाले मतान्तर थप फराकिलो बनाएका छन् ।

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।