Logo

बागमती पेज

मंसिर ६, २०७९ मंगलबार

काठमाडौँ–५ मा प्रदीपको अग्रता कायमै


काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ मा नेपाली काँग्रेसका प्रदीप पौडेलले अग्रता लिएका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा (एमाले)का ईश्वर पोखरेललाई पछि पार्दै पौडेलले अग्रता कायम गरेका हुन् । 

मङ्गलवार दिउँसोको मतपरिणम अनुसार पौडेलले ८ हजार २ सय २० मत पाएका छन् भने पोखरेलले ५ हजार ६ सय ८२ मत प्राप्त गरेका गरेका छन् । यसर्थ काँग्रेसका पौडेल २ हजार पाँच सय ३८ मत सहित अगाडी रहेका छन् ।

यस क्षेत्रमा घण्टी २ हजार ९ सय ४५, हलो १ हजार ७ सय ६०,सेल २ सय ७१ मत खसेको छ भने खसेको मतमा ८ सय ४० मत बदर भएको छ ।