Logo

बागमती पेज

मंसिर ८, २०७९ बिहीबार

पूर्वी नवलपरासीबाट शशांक कोइराला निर्वाचित


काठमाडौँ । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला निर्वाचित भएका छन् ।

बिहीबार सकिएको मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् ।