Logo

बागमती पेज

मंसिर ११, २०७९ आईतबार

किन पक्राउ परे रेडियो नेपालका पत्रकार राई, यस्तो छ कारण ! 


रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साइबर क्राइम मुद्दामा पक्राउ परेका छन् ।

एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामग्री बनाई युट्यूबमालगायत सामाजिक सञ्जालमा राखेको आरोपमा उदयपुर प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।

पीडित महिलाको उजुरी तथा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाई पक्राउ गरिएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

एसपी फुयाँलका अनुसार राईले गत साउनमा आफ्नो युट्यूब च्यानलबाट एक महिलाको चरित्र हत्या गर्ने गरी सामग्री प्रसारण गरेका थिए । सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरी उनलाई साइबर ब्यूरो काठमाडौं पठाइएको प्रहरीले बतायो ।

शनिबार साँझ उदयपुर सदरमुकामा गाईघाटबाट पक्राउ परेका राईलाई आइतबार काठमाडाैं जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

राई रेडियो नेपाल उदयपुर संवाददाता, प्रेस सेन्टरका प्रदेश सचिव र फोटो पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा छन् ।