Logo

बागमती पेज

मंसिर ११, २०७९ आईतबार

आमालाई लडाउन भिरमा पुर्याएपछि आमाले भनिन् :छोरा बाटो अफ्ठेरो छ, नलडी जानु है !


एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनी’हरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्य’पालले शासन गर्थ्यो जो वृद्ध मानिस’हरूको स्वास्थ्य’वस्था र कम’जोरी देखेर कायर जस्तै गरी डराउँथ्यो ।

यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई मर्नको लागि एक्लै छाड्नु सामान्यनै थियो ।

गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ`त्यु दिनको लागि तयारी गर्यो ।

सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्नसहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरोतर्फको दर्द’नाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अल्म-लिन पुग्यो पुग्यो र कति`पय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन ।

जुन-सुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धाधुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो जहाँ छोरा-छोरीले आफ्ना आमा-बाबुलाई लगेर एक्लै छाडिदिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो ।

बूढी आमाको आँखा त्यति धमिला त थिएनन् तर छोराले अल|मलमा एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अत्तालिन थाल्यो । उनको छोरालाई पहाडका बाटा|हरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा खतरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुख’विरुवाका हाँगाविंगाहरू निमोठिन् र केहि पाइला कट्नेबित्तिकै बाटोमा खसाउँदै गइन् ।

यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँ-ठाउँमा हाँगाविंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनी’हरू पहाडको टुप्पोमा पुगे । थकित र निराश किसानले विस्तारै आफ्नी आमा-लाई भुइँमा बिसायो र आमा-प्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आराम-दायी ठाउँ खोज्यो । भुइँमा झरेका सल्लाका पातहरू-लाई जम्मा गर्दै उसले विछ्यायो र आफ्नी बूढी आमा-लाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँशु भरिएका आँखा र दुखिरहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो ।

छोरालाई आफ्नो अन्तिम आदेश दिनेबेलामा निस्वार्थ मायाले भरि-पूर्ण आमाको आवाज काँपि-रहेको थियो । ‘तिम्रा आँखा-हरू कहिल्यै पनि कमजोर नहुन् मेरो छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो ख|तरा नै खतराले भरिपूर्ण छ । सावधानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुखविरुवाका हाँगाविंगाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ ।

तिनीहरूले तिमीलाई घरसम्म पुर्याउने छन् । ’छोराका भावविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसपछि फुटेका र चाउरी परेका बूढी आमाको कर्मशील हातहरूलाई हेरे । भित्रभित्रै उसको मन छियाछिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विलाप गर्यो-‘ए मेरी आदर’णीय आमा, हजुर’को ममता देखेर मेरो मुटु नै टुक्राटुक्रा हुन्छ !

म हजुरलाई एक्लै छोडेर जान सक्दिन । हामी संगै घर|सम्मको बाटो पत्ता लगाउनेछौं र मर्नुपरे बरु संगै मर्नेछौं । ’उसले फेरी एकपल्ट आफ्नो भारीलाई बोक्यो(कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा!) र जूनेली प्रकाशमा आमाले भुइँमा झारेका हाँगा विंगालाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झुपडीतर्फ लाग्यो ।

उसको भान्छा कोठाको कुनामा खाने कुराहरू भण्डारण गर्नको लागि एउटा गोप्य भण्डार थियो जो हत्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमालाई त्यहीं लुकायो । उसले आमालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लुकाएको कुरा कसैले पत्तो लगाउला भनेर सतर्कता अपनाउँथ्यो ।

समय बित्दै गयो र उसले सुरक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै राज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग थियो कि उसका सबै रैतीले खरानीको डोरी बनाएर उसलाई भेटी चढाउनुपर्ने थियो । डर र त्रासले गर्दा सारा प्रान्त नै थरथर काँप्यो ।

आज्ञा बाध्यात्मकारी थियो र पूरै साइनिंग प्रान्तमा कसले पो खरानीको डोरी बनाउन सक्थ्यो र? अत्तालिएको किसानले एक रात आफ्नी आमालाई राज्यपालको त्यो अचम्म|लाग्दो आदेशबारे बतायो । उनले ‘पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरालाई खरानीको डोरी बनाउने उपाय बताइन् ।

र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो- ‘अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ’ र उसले आफ्नो सबै कथा खोल्यो । राज्यपालले सविस्तार सुन्यो र त्यसपछि मौनधारण गर्दै गहिरो सोचमा डुब्यो ।

धेरैबेरपछि उसले आफ्नो शिर उठायो र गम्भीर मुद्रामा भन्यो – ‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ’, ‘शायद मैले ‘केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ; भन्ने भनाइलाई बिर्सेछु । यति भनेपछि उसले त्यतिखेर नै आफ्नो कठोर नियमलाई अन्त्य गर्यो र वृद्धवृद्धाहरूलाई मार्नुपर्ने व्यवस्थाको अन्त्य भयो । कथा मन परेमा शेय`र गरेर आमाको सम्मान गरौं कथा । -जापानी कथा लेखक मात्सुओ बाशो