Logo

बागमती पेज

मंसिर ११, २०७९ आईतबार

मेहेन्दी उत्सवमा सलोन र करिश्मा, चन्द्रागिरी रिसोर्टमा विवाह हुँदै


काठमाडौं ।अभिनेता सलोन बस्नेत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिंदैछन् । बिहेअघि यो ‘लभबर्ड’बीच शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह भएको छ ।

मेहेन्दी सेरेमोनीमा अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगे ।

मेहेन्दी उत्सवमा दुवै पक्षका परिवार, साथीभाइ र आफन्त उपस्थित रहे, जहाँ उनीहरुले नाचगानसहित रमाइलो गरिरहेको देख्न सकिन्थ्यो ।

मंगलबार चन्द्रागिरी रिसोर्टमा हुने विवाह समारोहमा १ हजार २०० जति जन्ती उपस्थित हुने सलोनका बुवा तथा फिल्म निर्देशक शोभित बस्नेतले जानकारी दिए । भुवन, पूजा, वर्षा राउत, सलिनमान लगायतलाई विवाहमा निम्तो दिइएको छ ।