Logo

मेघनाथ पहाडी

मंसिर १२, २०७९ सोमबार

सिन्धुलीमा सफल बन्यो गठबन्धन, ‘एमाले क्निस्विप’


काठमाडौँ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्तापक्षिय गठबन्धन सिन्धुलीमा सफल बनेको छ । सिन्धुली क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार श्याम घिमिरे र क्षेत्र नम्बर २ मा राजन दाहाल विजयी बनेका हुन् ।

क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदिप कटुवाललाई पराजित गर्दै घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका हुन् । यस अघि पदिप सँगै प्रदेशसभाको निर्वाचनमा पराजित बनेका घिमेरेले गठबन्धन भएकै कारण जित हात पारेका हुन् ।

घिमिरे मात्र नभएर सिन्धुली क्षेत्र नम्बर १ प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका मातृका भट्टराईले जित हासिल गरे । भट्टराईसँग प्रतिश्पर्धामा रहेका एमाले उम्मेदवार सुवास देवकोटाले हार व्यहोर्नु पर्यो । यस अघि यस क्षेत्रमा माओेवादी केन्द्रका राजन दाहाल विजयी बनेका थिए ।

त्यसैगरी प्रदेशसभा २ तर्फ नेपाली कांग्रेसका राम कुमार पहाडी विजयी बनेका छन् । उनीसँग प्रतिश्पर्धामा रहेका एमाले जिल्ला अध्यक्ष समेत रहेका राम कुमार कार्की पराजित बने । यस अघि एमालेका प्रदिप कटुवाल यस क्षेत्रका प्रदेशसभा सदस्य थिए । प्रदीप कटुवाल बागमती प्रदेशको स्वास्थ्य मन्त्री समेत बनेका थिए ।

सिन्धुली क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका राजन दाहाल विजयी बनेका छन् । उनीसँग प्रतिशपर्धामा रहेका नेकपा एमालेका उम्मेदवार मनोज जंग थापालाई पराजित गर्दै दाहाल विजयी बनेका हुन् ।

क्षेत्र नम्बर २ प्रदेशसभा १ तर्फ नेपाली कांग्रेसका छेत्र बम्जन वियजी बनेका छन् । उनीसँग प्रतिश्पर्धामा रहेका एमालेका विनोद खड्का पराजित भएका छन् । यही क्षेत्रको प्रदेशसभा सदस्य रहेका खड्काले यो पटक जित हाँसिल गर्न सकेनन् । प्रदेशसभा २ तर्फ जनता समाजवादी पार्टीका गंगा नारायण श्रेष्ठ विजयी बनेका छन् । उनीसँग प्रतिश्पर्धामा रहेका एमाले उम्मेदवार रामकुमार पौडेल पराजित बने । पौडेल यस अघि नेकपा माओवादी केन्द्रका सिन्धुली भुमि आयोग अध्यक्ष थिए ।

०७९ सालको संघिय तथा प्रदेशसभाको निर्वाचनमा सिन्धुली गठबन्धन सफल बनेको छ । संघ र प्रदेश गरी ६ वटा क्षेत्र रहेको सिन्धुलीमा नेकपा एमालेका उम्मेदवारले सबै क्षेत्रमा हार व्यहोर्नुपरेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमाले जिल्लाबाट क्लिनस्विप भएको छ । गठबन्धनका साझा उम्मेदवारले जिल्लाका ६ वटै क्षेत्रमा जित हासिल गरेका छन् ।

यस अघि ०७४ समालमा सिन्धुली क्षेत्र नम्बर १ मा एमालेका गणेश पहाडी, क्षेत्र १ को प्रदेशसभा १ मा माओवादी केन्द्रका राजन दाहाल, २ मा एमालेका प्रदिप कटुवाल निर्वाचित बनेका थिए । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका गरिवोल गजुरेल, क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा एमालेका विनोद खड्का र २ मा माओवादी केन्द्रका बसन्त माझी निर्वाचित बनेका थिए ।

०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा ३ वटा क्षेत्रबाट जित हात पारेको एमाले ०७९ मा जिल्लामा निल भएको छ । ०७४ मा पनि ३ क्षेत्र जित हासिल गरेको माओवादीले ०७९ मा पनि ३ वटै क्षेत्रमा जित हासिल गरेको छ ।