Logo

बागमती पेज

मंसिर १२, २०७९ सोमबार

सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे


काठमाडौँ । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो ।

विवाह समारोहमा अभिनेता सलिनमान बनिया, कोरियोग्राफर रामजी लामिछाने पुजा शर्मा लगायत उपस्थित थिए ।

सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।