Logo

बागमती पेज

मंसिर १४, २०७९ बुधबार

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन


काठमाडौँ । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । जेमिनको रक्त क्यान्सरका कारण शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

उपचारकै क्रममा बुधबार दिउँसो सांघाईमा उनको निधन भएको जनाइएको छ । उनी ९६ वर्षका थिए ।

सन् २०१९ मा पार्टीको एक कार्यक्रममा राष्ट्रपति सी चिनफिङ र तत्कालीन प्रधानमन्त्री ली कछ्याङसँग पूर्वराष्ट्रपति जियाङ जेमिन ।

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए । उनीपछि चीनमा हु जिनताओले शासकीय जिम्मेवारी सम्हालेका थिए । जियाङ जेमिन सन् १९९६ मा नेपाल आएका थिए ।२०५३ साल मंसिर २० गते जेमिन नेपाल भ्रमणमा समेत आएका थिए ।

सन् १९८४ मा चीनबाट राष्ट्रपतिस्तरबाट भ्रमणको सुरुवात भएको थियो । ली सियन नियन नेपाल आउने पहिलो चिनियाँ राष्ट्रपति हुन् भने वर्तमान राष्ट्रपति सी तेस्रो । राष्ट्रपति सी ३ वर्षअघि नेपाल भ्रमणमा आएका थिए ।