Logo

बागमती पेज

मंसिर १८, २०७९ आईतबार

बालेन विरुद्ध जसपा, समन्वय गरी डोजर चलाउन माग


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गत मंगलबार थापाथलीमा स्थित सुकुम्वासी बस्तीमा महानगरले चलाएको कदमप्रती ध्यानाकर्षण जनाएको छ ।

शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्वासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखीकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाडौँ महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको प्रति आफ्नो विचार व्यक्त गरेको हो ।

काठमाडौँको थापाथली स्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्वासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । 

एकीकृत बागमती सभ्यता विकास समितिले बागमती नदी किनारका क्षेत्र सौन्दर्यीकरण गर्ने भन्दै त्यहाँका घर टहरा र खास गरी सुकुम्वासी बस्ती हटाउन सूचना जारी गरेको आधारमा काठमाडौँ महानगरको बस्तीमा डोजर चलाउने काम अविलम्ब रोकी सरोकारवालाहरू सँगको समन्वयमा विधि, प्रक्रिया र कानुनसम्मत ढंगले आपसी समझदारीका आधारमा समस्या समाधानको बाटो पहिल्याउनु पर्नेमा जसपाले जोड दिएको छ । 

विद्यमान सुकुम्वासी समस्या सिंगो मुलुकको समस्या हो,गम्भीर र संयमित भई सम्बन्धित सबै पक्षलाई अगाडि बढ्न जसपा, नेपालले जोडदार माग गरेको छ ।