Logo

बागमती पेज

मंसिर १८, २०७९ आईतबार

एमालेको किल्ला तोड्दै दोलखा १ मा काफ्ले भारी मतले विजयी


काठमाडौँ । दोलखा प्रदेशसभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले भारी मतसहित विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गर्दै काफ्ले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । काफ्ले ८ हजार २२ मतान्तरले विजयी भएका छन् ।

काफ्लेले २२ हजार ७ सय ९७ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी श्रेष्ठले १४ हजार ७ सय ५५ मात्रै प्राप्त गरेका छन् । काफ्ले ८ हजार २२ बढी मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

पछिल्लो पटक युवाहरू र जनताले रुचाएका युवा नेता काफ्ले विद्यार्थी राजनीतिबाट उदाएका थिए । विगतमा धेरै समाजसेवा गरिसकेका उनले आगामी दिनमा जनचाहाना अनुरूप कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

पराजित भएका श्रेष्ठ २०७४ सालको स्थानीय निर्वाचनबाट मेलुङ गाउँपालिकाका अध्यक्ष बनेका थिए । एक कार्यकाल गाउँपालिका अध्यक्ष भएर काम गरेका उनी यो पटक प्रदेशको यात्राका लागि प्रतिस्पर्धामा थिए ।