Logo

बागमती पेज

मंसिर २६, २०७९ सोमबार

प्रदीप पौडेलको टिप्पणी- अध्यादेश हिजो पनि गलत, आज पनि गलत


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयले अध्यादेशको कडा विरोध गरिरहेकोमा युवा नेता प्रदीप पौडेल पनि सामेल भएका छन् । पौडेलले अध्यादेश हिजो पनि गलत भएको र आज पनि गलत भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पौडेलले पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको कसरी आभास हुन्छ भनि प्रश्न गरेका छन् ।

‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ रु’, पौडेलले लेखेका छन्, ‘सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होईन, नव निर्वाचित संसद मार्फत् खोजौं ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिने अध्यादेश ल्याउन लागेपछि कांग्रेसभित्रै विरोध भएको छ ।

नयाँ सरकार गठनका लागि गणित मिलाउन प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन खोजेको अनुमान गरिएको छ ।