Logo

बागमती पेज

पुस २१, २०७९ बिहीबार

प्रधानमन्त्री प्रचण्डलाई पत्रकार महासंघको बधाई


काठमाडौं । नेपाल पत्रकार महासंघको टीमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई ज्ञापन गरेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । महासंघका अध्यक्ष बिपुल पोृखरेलको नेतृत्वको टमिले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनि बधाई दिएको थियो ।

भेटमा अध्यक्ष पोखरेलले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू मुलूकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताएका थिए । प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरुको हितप्रति सम्वेदनशील रहेको बताउँदै महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताए।

भेटमा महासंघका अध्यक्ष पोखरेलका साथै सल्लाहकारहरु र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सहभागी रहेका थिए ।