Logo

मेघनाथ पहाडी

पुस २१, २०७९ बिहीबार

जिरीमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण


काठमाडौँ । जिरी नगरपालिकामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । नगरपालिका भित्रका ९ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।

नगर भित्रका १३ सय भन्दा धेरै ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको थियो । ६० वर्ष पुरा भएका दलित समुदायका ज्यष्ठ नागरिक र ६८ वर्ष पुरा भएका सम्पुर्ण नगरवासीहरुलाई न्यानो कपडा वितरण गएिको थियो ।

देशभर चिसो बढेसँगै चिसोबाट बच्न र चिसोबाट हुने विभिन्न समस्या नहोस् भनेर नगरले कपडा वितरण गरेको नगरप्रमुख मित्र बहादुर जिरेलले बागमती पेजलाई जानकारी दिएका छन् ।

ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई समेत ध्यानमा राख्दै न्यानो कपडा वितरण गरिएको नगर प्रमुख जिरेलको भनाई छ । आगामी दिनमा समेत नगरले ज्येष्ठ नागरिकलाई सम्मान गर्नेछ । जाडो याममा तातो लुगा पाउँदा ज्येष्ठ नागरीक उत्साहित बनेका छन् ।

आन्तरिक पर्यटनमा जोड दिनेछौं: नगर प्रमुख जिरेल