Logo


काठमाडौँ । काठमाडौँ खेलकुद समाजद्धारा आयोजित १२ वर्ष मुनिका खेलाडीहरुको फुटबल प्रतियोगिताको उपाधि काठमाडौँ किकर्स एकेडेमीले हात पारेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा किकर्सले ग्यालेक्सी स्कुल तथा रेब फुटसलले ग्रासरुट एकेडेमीलाई पारजित गर्दे फाइनल प्रवेश गरेका थिए र फाइनल खेलमा किर्कसले रेभ फुटसललाई पराजित गरेको हो ।

विजयी खेलाडीहरुलाई कपअन स्पोर्टस् सेन्टरका अध्यक्ष तथा फुटबलकर्मी एन्फाका प्रमुख सल्लाहकार नविन पाण्डे, काठमाडौं खेलकुद समाजका अध्यक्ष एवम् कपअन स्पोर्टस् सेन्टरका कार्यकारी प्रमुख बद्रि भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी काठमाडौं किर्कसका अंकज भुषाल, काठमाडौं किर्कसका विसांख कार्की सर्वोत्कृष्ट खेलाडी, रेब फुटसलका रुजल बराल उत्कृष्ट गोलकिपर तथा खोपा एकेडेमीले अनुशासीत टिमको उपाधी हात पारेको थियो।

२ दिन सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा ग्रासरुट एकेडेमी, रेब फुटसल एकेडेमी ,ग्यालेक्सी स्कुल,काठमाडौं किर्कस एकेडेमी इमपेरियल स्कुल , खोपा किगंस एकेडेमी ,तौलुग एकेडेमी गरी ९ वटा एकेडेमीहरुले भाग लिएका थिए ।

विभिन्न उमेर समुहका खेलाडीहरुको प्रतियोगितालाई प्राथमिकता प्रदान गर्दै प्रतियोगिता आयोजना गर्दे आइरहेको काठमाडौं खेलकुद समाज बुढानिलकण्ठको स्थापित संस्थाको रुपमा रहेको छ।