Logo

बागमती पेज

पुस २५, २०७९ सोमबार

बागमतीको मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त, ७० सांसदको समर्थन


काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।

सोमबार ५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका जम्मकट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।

उनलाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदले समर्थन गरेका हुन् ।