Logo

बागमती पेज

पुस २७, २०७९ बुधबार

नेसनल प्याब्सनद्वारा जनप्रतिनिधिलाई सम्मान


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (नेसनल प्याब्सन)ले काठमाडौं क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य तथा बूढानीलकण्ठ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ ।

२५ औ स्थापना दिवसका अवसरमा नेसनल प्याब्सन काठमाडौँ जिल्लाको आयोजना र नेसनल प्याब्सन बूढानीलकण्ठ नगर समितिको व्यवस्थापनमा भएको कार्यक्रममा जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको हो ।

नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ का प्रदेस सभा सदस्य जयराम थापा, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने तथा नगरभित्रका वडाध्यक्षहरुलाई सम्मान गरिएको नेसनल प्याब्सन बूढानीलकण्ठका अध्यक्ष नारायण बाबु तिमल्सिनाले जानकारी दिएका छन् ।