Logo

बागमती पेज

पुस २८, २०७९ बिहीबार

लक्ष्मी बैंकको नाफा १ अर्ब ५१ करोड


काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष (आव) २०७८/७९ को वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ ।

आव २०७८/७९ मा १ खर्ब ३९ अर्ब निक्षेप र १ खर्ब ३२ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १ खर्ब ७३ अर्ब रहेको छ । आव २०७८/७९ मा १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।