Logo

बागमती पेज

पुस २८, २०७९ बिहीबार

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको व्यापार बढ्दो


काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको व्यापार बढेको छ ।

माघे सङ्क्रान्तिको दिन बिहानै उठी स्नान गरी पूजाआजा गर्ने र अघिल्लो दिन राति उसिनेर राखेको तरुल बिहान पूजाआजा सकेपछि खाने प्रचलन रहेको पाइन्छ । सङ्क्रान्तिको दिन उसिनेको तरुल खाए जाडो भाग्छ भन्ने भनाइसमेत रहेको पाइन्छ ।

हामीकहाँ धेरै थरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, इस्कुसको जरा । यससँगै पिँडालु, सख्खर खण्ड आदि पनि खाइन्छ । अर्थात् यस सिजनमा जे जति कन्दमूल उत्पादन हुन्छन्, ती माघे सङ्क्रान्तिको विशेष परिकार बन्छ ।

तरुल जमिन मुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाइन्छन् र नेपाल मा १३ किसिमका तरुल पाइन्छ।

तरुल नेपाल को धेरै ठाउँमा खेती गर्न सकिन्छ। बन जङ्गल, सामुदायिक बन, पखेरो जग्गा जता ततै तरुल खेती हुन सक्छ।

नेपालको कर्णाली प्रदेशको खाद्य सङ्कट को समाधान पनि तरुल हुन सक्दछ। भात खानु भन्दा तरुल खानु स्वास्थ्यको लागि धेरै नै लाभदायक हुन्छ।