Logo

बागमती पेज

माघ ३, २०७९ मंगलबार

नवनियुक्त मन्त्रीहरूले लिए शपथ


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना नयाँ मन्त्रीहरू थपिएका हुन् ।

नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् भने राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले शपथ खुवाएका थिए ।