Logo

मेघनाथ पहाडी

माघ ५, २०७९ बिहीबार

सँस्कृति संरक्षण र पुस्तान्तरण आवश्यक : उप-प्रमुख अनिता लामा


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका उप-प्रमुख अनिता लामाले नेपाली संस्कार-सँस्कृतिको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहिवार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उपप्रमुख लामाले पर्वको अवसर पारेर सँस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाले साँस्कृतिक झाँकि सहित नगर स्तरीय ल्होछार विशेष कार्यक्रम हुन लागेको जानकारी गराएकी हुन् ।

“कार्यक्रममा नगरपालिकाका तामाङ्ग, शेर्पा, राई, नेवार, ब्राहमण लगायत विभिन्न जातिय्धार्मीक समुदायबाट मौलिक कला, सँस्कृति तथा भेषभुसाहरु प्रदर्शन हुने उपप्रमुख लामाको भनाई छ । उनका अनुसार कार्यक्रम स्थलमा स्थानीय सँस्कृति झल्काउने किसिमका खानेकुराका स्टल, मनोरञ्जनका सामाग्री एवं कला प्रदर्शनीका लागी मञ्चको समेत व्यवस्था हुने छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा माग ०८ गते बूढानीलकण्ठ नगरपालिकाले भव्य कार्यक्रम आयोजना गरी मनाउन लागेको छ ।

नगरपालिका स्वयंको आयोजनामा हुन लागेको कार्यक्रम व्यवस्थापनको लागी उपप्रमुखको संयोजक्तवमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । जस अन्तरगत वडा नं ०५ का दोर्जे लामाको संयोजकत्वमा ८ उपसमिति रहेका छन् ।