Logo

बागमती पेज

माघ ६, २०७९ शुक्रबार

दोलखाका २०० विद्यार्थीलाई व्यवहारिक सीप सिक्ने अवसर !


दोलखा । दोलखाको भीमेश्वर नगरपालिको वडा नम्बर ७ र कोच नेपालको सहकार्यमा बिहीबार २ दिने व्यवहारिक सीप प्रशिक्षण सुरु गरिएको छ ।

भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले उक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमको सभापतित्व भीमेश्वर ७ का वडाध्यक्ष विनोद तामाङले गरे ।

उक्त प्रशिक्षण कार्यक्रमअन्तर्गत आत्मरक्षा, विपद् व्यवस्थापन र प्राथमिक उपचारलगायतका सीपहरू सिकाइने छ । कार्यक्रममा ६ वटा विद्यालयका लगभग २०० विद्यार्थीहरू सीप सिक्ने अवसर पाएको कोच नेपालका सीईओ सिमोन खत्रीले जानकारी दिए ।