Logo

बागमती पेज

माघ १५, २०७९ आईतबार

बंगलामुखी हाइट समाजको नेतृत्वमा मुकुन्द ढुंगाना चयन


काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा ११ स्थित बंगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभाले मुकुन्द ढुंगानाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।

बंगलामुखी मन्दिर परिसरमा समितिको ३ औँ वार्षिक साधारण सभाले पुरानै समितिलाई पुनः चयन गरेको हो ।


अध्यक्ष मुकुन्द ढुंगाना, उपाध्यक्ष बालकृष्ण पौडेल, सचिव टिकालाल तामांग, कोषाध्यक्ष यम बहादुर लिम्बु, सदस्य निम्तो शेर्पा, निमा शेर्पा, कामि डोमा शेर्पा, सुमन तामांग, गुरुङ रहेका छन् । समितिका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सचिव टिकालाल तामांगले कार्यक्रम संचालन गरेका थिए ।


कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले वडा ११ मा देखिएका खानेपानीको समस्यालाइ छिटो भन्दा समाधान गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अधिकारीले टोलमा सिसि क्यामेरा उद्घाटन गर्दै पर्यटनको प्रबल सम्भावना रहेको यस क्षेत्रलाई मुख्य पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारकै ध्यान रहेको जानकारी गराए ।


यसैगरी कार्यक्रममा बोल्दै बंगलामुखी हाइट समाज उपभोक्ता समितिका अध्यक्ष मुकुन्द ढुंगानाले टोलमा भएका बिकास र गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए । ढुंगानाले तत्कालको समस्या खानेपानी भएकोले नगरप्रमुखलाइ गम्भीरताका साथ आग्रह गरे।

बंगलामुखी हाइट कोलनी रहेको टोलमा समितिले विभिन्न रचनात्मक कार्य गर्दै आएको उल्लेख गर्दै गरेका काम र गर्नुपर्ने कामको निरीक्षण गरिएको थियो ।


समितिको ३ औँ वार्षिक साधारण सभामा प्रत्येक वर्ष प्रदान गर्दै आएको जेष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाइ प्रदान गरेको छ ।

कान्छा शेर्पा ३५ जना आरोही मध्य १ जीवित ९२ बर्षीय आरोही हुन् ।

कार्यक्रममा बोल्दै वडा सदस्य शर्मिला गौतम, सम्बर गुरुङले वडामा भएका विभिन्न समस्याहरु टिपोट गरेर छिट्टै समस्याको सामाधान गर्ने धारणा राखेका थिए ।

समितिका उपाध्यक्ष बालकृष्ण पौडेलले टोलमा सबैभन्दा ठुलो समस्या पानीको बताउदै छिटो भन्दा छिटो यो समस्या हल गर्न जुट्नुपर्ने बताए ।