Logo

बागमती पेज

माघ २२, २०७९ आईतबार

चितवन–२ मा छिटो उपनिर्वाचन गर्न रास्वपाको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन–२ मा छिटोभन्दा छिटो उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको हो ।

‘उपनिर्वाचन समयमा हुनुपर्छ भन्ने हाम्रो माग हो’, एक नेताले भने, ‘त्यो चाँडो हुनुपर्ने पार्टीको चाहना छ ।’ उपनिर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने कुरा पनि बैठकमा भएको उनको भनाइ छ ।

सर्वोच्च अदालतले नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टी सभापति रवि लामिछानेको सांसद पद गएको थियो ।