Logo

बागमती पेज

माघ २४, २०७९ मंगलबार

सरस्वतीनगर सुधार संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी


काठमाडौँ । काठमाडौँ महानगरपलिका वडा नम्बर ६ स्थित सरस्वतीनगर सुधार संघको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुने भएको छ । विगतको कार्यकाल सम्पन्न भएपछि संघको निर्वाचन हुने भएको हो ।

निर्वाचनमा संघका वर्तमान अध्यक्ष पेशल कुमार पहाडी समेत ४ जनाको उम्मेदवारी रहेको छ । जसमा पेशल कुमार पहाडी, रामहरि श्रेष्ठ, अष्टबहादुर गुरुङ र माधवप्रसाद त्रिपाठी समेत ४ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।

जसमा पहाडी र श्रेष्ठ आफ्नो प्यानल समेत मैदानमा उत्रियका छन् भने गुरुङ र त्रिपाठी सिङ्गल भिड्ने तयारीमा छन् । लामो छलफल भएपनि सर्वसम्मतीमा नआएपछि आगामी शनिवार निर्वाचन हुने भएको हो । सरस्वतीनगर सुधार संघ भित्र ९४४ वटा घरधुरी रहेका छन् ।

संघका अध्यक्ष पदका उम्मेद्वार समेत रहेका बर्तमान अध्यक्ष पहाडीले आफ्नो नेतृत्वको सरस्वतीनगर सुधार संघले शुरुगरेका कामहरु पुर्ण रुपमा सम्पन्न गर्न पुनः अध्यक्षको उम्मेदवारी दिएको बताए ।