Logo

बागमती पेज

माघ २९, २०७९ आईतबार

पशुपतिका सदस्य सचिव आफैले थाले सरसफाई


काठमाडौं । महाशिवरात्रिको संघारमा पशुपति क्षेत्र सफाई गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा आफै नै लागेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रशासनिक प्रमुख हुन्, तर उनी आफै किन सरसफाईमा लागे भनेर हामीले जिज्ञासा राख्यौ । सफाईमै लागेका कारण आफु बोल्न नभ्याउने भन्दै उनले हाम्रो जिज्ञासा मेटाएनन् ।

एक कर्मचारीका अनुसार पशुपतिमा सफाई गर्ने कर्मचारी न्यून रहेको र भएका पनि काम छल्दै हिड्ने भएका कारण सदस्य सचिव आफै सफाईमा खटेका हुन् । सफाई कर्मचारीलाई प्रेरित गर्न वा सांकेतिक रुपमा उनीहरुलाई कारवाही गर्ने उदेश्यले हो, उनले शनिवार दिनभर जसो पशुपति क्षेत्रको सरसफाईमा बिताए । पशुपति क्षेत्रको सफाईमा सधै चुनौति नै रहन्छ ।

कोषले बातावरण तथा सरसफाई शाखा हर्ने कर्मचारी पनि खटाउने गरेको छ । तर बाहिर देखिने स्थानमा मात्र झारो टार्ने उदेश्यले आफ्नै कर्मचारीले साथ नदिएको सदस्य सचिव थापाको भाव देखिन्थ्यो । कोषका एक सदस्यका अनुसार ‘कर्मचारीलाई कारवाही गरे राजनितिक दवाव र कर्मचारी संगठनको विरोध आउँछ, शिवरात्रीको संघारमा कर्मचारी चिढ्याउन नखोजेका कारण कर्मचारीहरुलाई प्रेरित गराउन सदस्य सचिव आफै सफाईमा लागेका हुन सक्छन्” उनले भनें ।

पशुपति क्षेत्रमा शौचालयको निकै समस्या छ । शौचालयको संख्या निकै कम भएका कारण विशेष पर्वमा भार थेग्न गाहे भएको एक कर्मचारीले बताए । शौचालयको संख्या कम भएका कारण पनि शौचालय फाहोर नै देखिन्छ । कोषका एक सदस्यका अनुसार घाटको अघाडि २०० जना एकैपटक प्रयोग गर्न मिल्ने २ तल्लाको शौचालय बनाउन पिलर उठाए पनि राजनिति खिचातानीका कारण कोषका सदस्यहरुकै बिमतिले निर्माण हुन सकेको छैन । शिवरात्रिमा लाखौं भक्तजनको उपस्थिति हुने क्षेत्रमा शौचालय प्रमुख समस्या भएको ती सदस्यले दुखेसो गरे । यसका लागि कोषले मन्त्रालय लगायत सम्वन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए ।

यसवर्ष शिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा डिजिटल बत्तीले झिलिमिली र फूलमालाको सजावटले पशुपति क्षेत्रमा निकै रौनक बढ्ने कोषले जनाएको छ । शिवरात्रिको तयारीका लागि टुटे फुटेका भुईका ढुंगाहरु मिलाउने, पर्खालहरुमा रंग रोगन गर्ने, आवास तथा स्वयंसेवकहरुको व्यवस्थापन गर्ने कार्य गरिरहेको छ ।