Logo

मेघनाथ पहाडी

फाल्गुन १, २०७९ सोमबार

पेशल पहाडीको नेतृत्वमा सरस्वतीनगर सुधार संघ


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ६ स्थित सरस्वतीनगर सुधार संघको निर्वाचनमा पेशल पहाडी विजयी बनेका छन् । शनिवार सम्पन्न कार्यसमिति निर्वाचनमा अध्यक्षमा पेशल पहाडी निर्वाचित भएका हुन् ।

शनिवार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदमा पहाडीले ३०७ मत प्राप्त गरि विजयी बनेका छन् । अध्यक्ष पदमा निकटतम प्रतिद्वन्द्वी रामहरि श्रेष्ठले २७३ मत प्राप्त गरेका थिए ।

अध्यक्ष पदका अर्का प्रत्यासी उम्मेदवार माधव प्रसाद त्रिपाठीले १२० मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का उम्मेदवार संघका पुर्व उपाध्यक्ष अष्ठ बहादुर गुरुङले  निर्वाचन कै दिन उम्मेद्बारी फिर्ता लिए पनि उनको नाममा २१ मत परेको थियो । अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी रहेको थियो ।

संघको वरिष्ठ उपाध्यक्ष पदमा  शेखरनाथ आचार्यले ३७१ मत प्राप्त गरि विजयी भएका छन्, भने वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार गेल्बू शेर्पाले ३०६ मत प्राप्त गरे ।

त्यसैगरी महिला उपाध्यक्षमा सावित्री खड्का बोगटी ले ३९० मत प्राप्त गरि विजयी भएकी छन् भने  सीता नेपालले  २८९ मत पाएकी छन् । महासचिवमा  पुर्व सचिव  शालिकराम तिमल्सिनाले ४१० मत प्राप्त गरि  विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी मधुसूदन चालिसेले  २६४ मत पाए । सचिव पदमा संजय सापकोटाले ३३९ मत ल्याई विजयी हुँदा शिवशरण अधिकारीले ३०८ मत ल्याउन प्राप्त गरे ।

कोषाध्यक्ष पदमा बिरेन्द्र कुमार श्रेष्ठले ३५८ मत पाएर विजयी हुँदा   राजेश्वर कर्माचार्यले  २९४ मत पाएका थिए । सह–कोषाध्यक्ष पदमा तुलसा गौतमले ३०२  मत ल्याइ विजयी हुँदा  पारस चापागाईंले १५३ र श्री लक्ष्मी प्रसाद लुइँटेल २०४ ल्याएका छन् ।

संघको ४ सदस्यहरुमा जीवन कुमार श्रेष्ठले ३६८, समिक्षा तामाङ्ग ३६४, मिना श्रेष्ठ ३४९ र मोहन प्रसाद पौडेलले ३४३ मत ल्याइ विजयी भएका छन् । प्रतिस्पर्धामा रहेका सदस्य पदका उम्मेदवार समर बहादुर खड्काले ३२३, कृष्णराम खनालले २८९  र मुकुन्द सुबेदीले २९७ मत ल्याएका थिए ।

सरस्वतीनगर सुधार संघको निर्वाचनमा रामहरि श्रेष्ठको प्यानल र पेशल कुमार पहाडीको प्यानल चुनावी प्रतिस्पर्धामा थिए भने अध्यक्ष पदमा माधव प्रसाद त्रिपाठी र अष्ठ बहादुर गुरुङ पनि भिडेका थिए । कुल ९ सय ४४ मतदाता सदस्य रहेको सुधार संघमा ७ सय ७८ भोट खसेको थियो ।

यस अघि समेत निर्वाचित बनेका पेशल पहाडी अधुरा काम पुरा गर्न पुनः उम्मेदवारी दिएको टोलवासीमा जानकारी दिएका थिए । उनले अयअघि गरेका कामको आधारमा पनि पहाडीलाई पुनः निर्वाचित गराएको टोलवासीको भनाई छ ।

विगतदेखि नै समाजसेवामा अब्बल रहेका अध्यक्ष पहाडी जनताको सेवामा सदैव लागि पर्ने बताएका छन् । टोलभित्र कुनैपनि समस्या पर्दा आफूलाई खबर गर्न समेत अध्यक्ष पहाडीको अनुरोध छ ।