Logo

मेघनाथ पहाडी

फाल्गुन ८, २०७९ सोमबार

४ वर्षदेखिको अधुरो काम: सहमति पछि सामुदायिक भवन शिल्यान्यास


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवन शिल्यान्यास गरिएको छ । लामो समयदेखि तयारी गरिएको स्थानमा महाशिवरात्रिको अवसर पारेर सामुदायिक सामुदायिक भवन शिल्यान्यास गरिएको हो ।

नगर प्रमुख मिठारामा अधिकारीले सामुदायिक भवनबाट सबै समुदाय वा क्षेत्रका मानिसले लाभ लिन सक्ने बताए । उनले एउटै सामुदायिक भवनबाट धेरै फरक किसिमका काम गर्न सकिने भएका कारण पनि यो उपलब्धिमूलक काम रहेको प्रष्ट पारे । जनप्रतिनिधि बनेपछि सदैव जनताको भलो हुने किसिमका कुनै पनि किसिमका काम गर्न पछि नहट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उपप्रमुख अनिता लामाले सामुदायिक भवन र विभिन्न सामाजिक काममा नगरले चासोका साथ गरेको जानकारी गराईन् । नगर भित्रका सामुदायिक जग्गा संरक्षण तथा सामुदायिक जग्गामा यस्ता काम गर्न आवश्यक रहेको बताईन् ।

भवन शिल्यान्यास कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले निर्माण शुरुहुनु खुशीको कुरा भन्दै समयमै काम सम्पन्न गर्न अनुरोध गरेका थिए । उनले गुणस्तरिय काम तोकिएको समय सम्पन्न गरेर हस्तान्तरण गरे नगरले विषेश पुरस्कारको व्यवस्था गर्ने बताए । समयमा काम सम्पन्न नगरे निर्माण व्यवसायीलाई कारवाही गर्ने जानाए ।

वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले ०७४ सालका जनप्रतिनिधि तथा वडावासीको साथ सहयोगका कारण सामुदायिक भवन शिल्यान्यास गर्न सफल भएको बताइन् । वडावासीको साथ सहयोग र आवश्यक कामको ध्यानाकर्षण गर्न समेत उनले अग्रह गरिन् । सामुदायिक भवन वडाका विभिन्न कामका लागि प्रयोग गर्न सकिने उनको भनाई छ ।

सामुदायिक भवन शिल्यान्यास कार्यक्रम संचलन वडा सचिव राजेन्द्र तामाङले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य रमेश गौतमले राखेका थिए ।

४ वर्षदेखिको अधुरो काममा सहमति र शुरुवात
०७४ सालको स्थानीय निर्वाचन पछि उद्धव खरेलको नेतृत्वमा रहेको बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक भवन बनाउने निर्णय गरेको थियो । छिमेकी तथा स्थानीयको अवरोधर असहमतिका कारण त्यो बेला भवन निर्माणको काममा बाधा पुग्यो । भवन निर्माणको काम रोकियो पनि ।

पूर्व नगर प्रमुख उद्धव खरेल लगायतलाई स्थानीयहरुले ३ वटा मुद्धा हालेर काममा थप असहज भएको थियो । करिव ४ वर्ष पछि तिनै स्थानीयहरुको साथ र सममतिमा जुटेसँगै नगरले उनीहरुलाई सम्मान गर्दै समामुदायिक भवन निर्माणको शुरुवात गरेको हो ।