Logo

भवानी कार्की

फाल्गुन ११, २०७९ बिहीबार

दोलखा महोत्सवमा डिम्याट खाता शिविर


काठमाडौँ । दोलखा महोत्सवको ९ दिनसम्म अपर तामाकोसी हाइड्रोपावरको शेयर डिम्याट खातामा जम्मा गर्ने शिविर सञ्चालन हुने भएको छ । माथिल्लो तामाकोसी शेयरको डिम्याट खाता अधिकांश दोलखालीको नखोलेका कारण महोत्सवमा डिम्याट खाता शिविर सञ्चालन हुन लागको हो ।

अपर तामाकोसी हाइड्रोपावरले स्थानीय सेयर धनीहरूलाई हित ग्राही (डिम्याट खाता) खोली शेयर अभौतिक करण गर्न आग्रह गरे पनि हालसम्म २५ प्रतिशत सेयर धनीले मात्र यस शेयरको लाभ लिन सकेका छन् । बाँकी ७५ प्रतिशतले नि: सुल्क डिम्याट खातमा शेयर अभौतिक करण गर्ने अवसरबाट वञ्चित रहेका छन् जस कारण यस महोत्सवमा उपस्थित भई नि: सुल्क शिविरबाट सेवा लिन सकिने दोलखा चेम्बर अफ कमर्सका उपाध्यक्ष रुद्र जङ्ग बुढाथोकीले बागमती पेजलाई जानकारी दिए ।

शेयर डिम्याट खातामा अभौतिक करण पश्चात् मात्र शेयर खरिद बिक्री गर्ने सुविधा प्राप्त गर्न मिल्ने प्रावधान छ तर अधिकांश सङ्ख्यामा डिम्याट खाता नखोलेको हुँदा महोत्सवले यो अवसर उपलब्ध गराएको हो । यस खाता खोली शेयर अभौतिक करण गर्नाले भविष्यमा वितरण गर्ने बोनस शेयर तथा अन्य सुविधाहरू डिम्याट खातामा जम्मा हुने छ ।

महोत्सवको ९ दिनसम्म अपर तामाकोसीको आधिकारिक शेयरको कारोबार गर्ने सनराईज क्यापिटल तथा सम्बन्धित ब्रोकरहरूले शिविरमा सेवा प्रवाह गर्नेछन् । खाता खोल्न जाँदा फोटो र नागरिकता लिएर जानुपर्दछ ।

अन्यथा डिम्याट खातामा शेयर जम्मा नगरेसम्म छिट्टै निष्कासन हुन लागिएको राइट शेयरबाट समेत दोलखावासी वञ्चित हुने भएका छन् । त्यस कारण पनि सम्पूर्ण दोलखावासीहरूले मौकाको फाइदा उठाई राइट शेयर भर्नको निमित्त पनि अपर तामाकोसीको शेयर डिम्याट खातामा जम्मा गर्न आयोजक टिमले सम्पूर्ण दोलखावासीलाई आह्वान गरेको छ ।