Logo

बागमती पेज

फाल्गुन १४, २०७९ आईतबार

राहत शिक्षक काठमाडौँ जिल्ला समिति अध्यक्षमा पन्त चयन


काठमाडौँ । नेपाल शिक्षक राहत जिल्ला कार्यसमिति अध्यक्षमा काठमाडौँबाट सविन पन्त चयन भएका छन् । नेपाल राहत शिक्षक समितिको चौथो अधिवेशन अन्तर्गत फागुन १३ गते शनिवार भएको पुनर्गठित समितिमा पन्त सर्वसम्मत चयन भएका हुन् ।

गठित भए पश्चात् अध्यक्ष पन्तले थाई शिक्षक सरह राहतलाई पनि सेवा सुविधा उपलब्ध गराउने आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । राहत शिक्षकहरूले पनि अतिरिक्त प्रतिस्पर्धा गरेर जागिर खाने अवसर मिलाइदिनुपर्ने उनको भनाई छ । थाई शिक्षकहरूको खण्डमा सरकारबाट पाउने सेवा सुविधाबाट राहत शिक्षकहरू वञ्चित भएको भन्दै आगामी दिनमा सरकारबाट यो अपेक्षा नगरेको समेत बताए ।

२०५२ साल पश्चात् देशमा अस्थिरता छाए सँगै शिक्षक सेवा आयोगले नयाँ शिक्षा भर्ना गर्न सकेको थिएन जस कारण नेपाल राहत शिक्षक समितिले दरबन्दीमा विभिन्न तहका विद्यालयहरूमा भर्ना लियो । तर शिक्षकहरूले अध्यापन गरेको लामो समय बितिसक्दा पनि पनि सरकारबाट पाउनुपर्ने सेवा सुविधा र थाई, पेन्सन पनि नभएका कारण ती शिक्षकहरूको हक हित र सेवा सुविधा उपलब्ध गराउन भन्दै राहत शिक्षक सेवाको स्थापना भएको थियो । हाल नेपालका सबै जिल्लामा राहत शिक्षकको कार्यसमिति रहको छ ।

अध्यक्ष पन्तका अनुसार हाल नेपालमा ४० हजार राहत शिक्षक छन् । ती मध्य ८ सय काठमाडौँमा मात्र रहेका छन् । शिक्षकहरूको हक हितका लागि भन्दै स्थापना गरिएको राहत शिक्षकले तिनै तहका शिक्षकहरूलाई जागिर थाई गराइदिने वा पेन्सन गराइदिने काम गर्दे आइरहेको उनले जनाए ।

काठमाडौँ कार्यसमिति उपाध्यक्षमा किरण नेपाली, महिला उपाध्यक्षमा धर्मा अधिकारी, सचिवमा राजीव भट्टराई, सहसचिवमा ईश्वर चन्द्र थसीनेकु, गोकर्ण न्यौपाने, कोषाध्यक्ष नानी मैयाँ हुमागाईँ लगायत १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।