Logo

मेघनाथ पहाडी

फाल्गुन १५, २०७९ सोमबार

मनास्लु वर्ल्ड कलेज आइएसओ सर्टिफाइड


काठमाडौं । शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल मनास्लु वर्ल्ड स्कुल/कलेज आइएसओ सर्टिफाइड २००९ः२०१५ प्रमाणित भएको छ । रजत जयन्ती प्रवेशको अवसरमा सोमबार आयोजित विशेष कार्यक्रमको अवसरमा कलेजलाई आइएसओ सर्टिफाइड प्रमाणपत्र हस्तान्तरण गरिएको छ । क्वालिटी म्यानेजमेन्ट स्टिम यूकेबाट कलेजलाई उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।

मनास्लु वर्ल्ड स्कुल तथा कलेज स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ । बिगतमा प्राक्सिस इन्टरनेशनल एकेडेमी नामबाट स्कुल सञ्चालनमा रहेकोमा हाल मनास्लु नामबाटै सञ्चालनमा छ । कलेजका अध्यक्ष गेन्द्र लामाको अध्यक्षतामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा आयोजित विशेष कार्यक्रमबीच मनास्लुले सोमबार वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा कलेजले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । कार्यक्रममा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मनास्लु कलाकारिता सम्मान २०७९, संचारकर्मी टीकाराम यात्रीलाई मनास्लु पत्रकारिता सम्मान २०७९, क्रिकेटर पारस खड्कालाई मनास्लु खेलकूद सम्मान २०७९ ले सम्मान गरेको छ ।

शिक्षाकर्मी ऋतुराज सापकोटालाई मनास्लु शिक्षासेवी सम्मान २०७९, समाजसेवी रामजी अधिकारीलाई मनास्लु समाजसेवी सम्मान २०७९ ले सम्मान गरिएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए । कलेजका एकेडेमिक हेड शशि केसी मनास्लु विशेष सम्मान २०७९बाट सम्मानित भए ।

कार्यक्रममा २०७९ मा कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने ७ जना विद्यार्थीलाई मनास्लु एकेडेमिक आउटस्ट्याण्डिङ अवार्ड र कक्षा १२ मा अध्ययनरत १० जना विद्यार्थीलाई मनास्लु एक्सेलेन्स अवार्ड २०७९ ले सम्मानित गरिएको छ ।

काठमाडौं–७ चावहिल चुच्चेपार्टीमा रहेको कलेजमा लामो समयदेखि शैक्षिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध अनुभवी व्यक्तिहरुको लगानी छ । कलेज २०२०बाट सञ्चालनमा आएको हो । स्कुल र कलेजमा गरी हाल २५ सय विद्यार्थी अध्ययनरत छन् ।