Logo

मेघनाथ पहाडी

फाल्गुन १६, २०७९ मंगलबार

पूर्वकप्तान पारसलाई मनास्लु खेलकुद सम्मान


काठमाडौँ । मनास्लु वर्ल्ड स्कुल/कलेजले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई सोमबार मनास्लु खेलकुद सम्मान प्रदान गरेको छ ।

मनास्लुले २५ औं स्थापना दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पुर्‍याएवापत पारसलाई खेल क्षेत्रबाट सम्मान गरेको हो ।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टीकाराम यात्री, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई पनि सम्मान गरिएको थियो । मनास्लु वर्ल्ड कजेजका एकेडेमिक हेड शशी केसीलाई मनास्लु विशेष सम्मान अवार्डबाट सम्मानित गरियो ।

उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्लाका साथै प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।