Logo

बागमती पेज

फाल्गुन १८, २०७९ बिहीबार

आलु पकेट कार्यक्रम सञ्चालन गर्दै जुगल


सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले आलु पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आलु पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ आलुबाली पकेट विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रममा सहभागी हुन चाहने कृषकले आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम वडा नम्बर २ को गोल्चे र ४ को डल्लेपोखरीमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।