Logo

मेघनाथ पहाडी

फाल्गुन २०, २०७९ शनिबार

निर्माणाधिन योजना निरीक्षणमा नगरप्रमुख अधिकारी


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी वडा नं १, २ र ३ का निर्माणाधिन भवन, कृषि हाट बजार तथा कोसेली घर निर्माण लगायतका योजनाका अनुगमन गरेका छन् ।

नगर प्रमुखको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, वडा नं १ अध्यक्ष सुरेन्द्र लामा, वडा नं २ अध्यक्ष राजेन्द्र श्रेष्ठ, पुर्वाधार महाशाखा प्रमुख सुनिल महर्जन, सौरभ लामिछाने, किसन श्रेष्ठ, महेश माका, वातावरण शाखाका विनोद पाठक सहितको टोलीले निर्माणाधिन योजनाहरुको स्थलगत निरीक्षण गरेका हुन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं २ को वडा कार्यालय भवन र कोसेली भवन निर्माण अन्तिम चरणमा रहेका छन् भने वडा नं १, वडा नं ३ र कृषि हाट बजारका भवन निर्माणाधिन अवस्थामा रहेका छन् ।