Logo

मेघनाथ पहाडी

फाल्गुन २१, २०७९ आईतबार

जुगल गाउँपालिकाको प्रवेशद्वार निर्माण हुँदै


काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले प्रवेशद्वार निर्माण गर्न लागेको छ । जिल्लाको दुर्गम पालिका भनेर चिनिने जुगलले नमुना र सुन्दर प्रवेशद्वार निर्माण गर्न लागेको हो ।

बलेफी र जुगलको सीमाना ढाडेको पुल छेउ वडा नम्बर ५ को सीमानामा प्रवेशद्वार निर्माण हुने छ । ५७ लाख ७ हजार पाँचसय उनानब्बे रुपैया बराबर लागतको टेण्डर आव्हान भएको जुगल गाउँपालिकाको अध्यक्ष स्याङबोले जनाए ।

९ मिटर लम्बाईको उक्त प्रवेशद्वार निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिएका छन् । उनले व्यवस्थित प्रवेशद्वार निर्माण सम्पन्न भएपछि पालिकाले कर उठाउन समेत सहज हुने बताए ।

जुगल हिमालको पहिचान झल्किने गरी डिजिटल बोर्ड सहितको नौ मिटर लम्बाईको कलात्मक र सुन्दर प्रवेशद्वार निर्माण हुने उनको भनाई छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रवेशद्वार निर्माणको कामलाई प्रथामिकता दिने अध्यक्ष स्याङबोले बताए ।