Logo

भवानी कार्की

फाल्गुन २१, २०७९ आईतबार

भक्तपुर बार एशोसियशन निर्वाचनमा डिएलए समूह विजयी


काठमाडौँ । भक्तपुर जिल्ला अदालत बार एशोसियशनको अध्यक्षमा अधिवक्ता रवीन्द्र प्रधान सहित डिएलए समूह विजयी भएको छ । फागुन २० गते सम्पन्न निर्वाचनमा लोकतान्त्रिक एवं प्रगतिशील तथा पेसागत कानुन व्यवसायी तर्फबाट उक्त समूह विजयी भएको हो ।

बार एशोसियशनको कुल २३९ मत मध्य २२५ मत खसेको थियो । जसमा डिएलए समूहका प्रधानले १०६ मत प्राप्त गरी विजयी बनेका छन् । त्यस्तै विपक्षी समूहका राजेश कृष्ण सिपाईले ७९ मत प्राप्त गरेका थिए ।

डिएलए समूहबाट उपाध्यक्षमा अधिवक्ता सुरोज कुमार तुछे १०९ मत प्राप्त गरी विजयी बनेका छन् । सचिवमा पुरुषोत्तम तिमिल्सिना १०४ मत प्राप्त गरी विजयी बनेका छन् । सहसचिवमा सुमित्रा मल्ल, कोषाध्यक्षमा विक्रम बखुन्छे, महिला सदस्यमा अञ्जली भासिमा विजयी बनेका छन् ।

त्यसै गरी खुल्ला सदस्यमा सुजन कार्की, रमेश खनाल, प्रचण्ड प्रकाश प्रधान नौला, फर्समाया देवी मगर, प्रकाश धौवन्जार, नीरज श्रेष्ठ र प्रदीप कार्की विजयी बनेका छन् ।