Logo

बागमती पेज

फाल्गुन २५, २०७९ बिहीबार

टिपरको ठक्करबाट सम्पादक श्रेष्ठ सहित २ जनाको मृत्यु


काठमाडौँ । शंखरापुर नगरपालिकाको इन्द्रायणीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ। २ वटा मोटरसाइकललाई ठक्कर दिँदा थप एकजनाको अवस्था गम्भीर छ।

शाँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले बिपरित दिशातर्फ गइरहेका बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा शाँखु घर भएका लावण्य सन्देसका प्रधान सम्पादक पवनलाल श्रेष्ठ र हरि खड्का रहेका छन्।

दुर्घटनामा घाइते भएकी पुनम श्रेष्ठको स्थानीय संखरापुर अस्पतालमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल रिफर गरिएको जनाईएको छ ।