Logo

बागमती पेज

फाल्गुन ३०, २०७९ मंगलबार

श्रीमानले दोस्रो विवाह गरेपछि बीचबाटो मै छुटिन अभिनेत्री वर्षा शिवाकोटी


अभिनेत्री वर्षा शिवाकोटीको १० महिने वैवाहिक सम्वन्धमा पूर्णविराम लागेको छ। अमेरिका बस्ने आशिष गेलालसँग उनलाई छोडेर दोस्रो विवाह गरेका छन्।

गत वैशाखमा परिवारका सीमित सदस्यबीच वर्षासँग मागि विवाह गरेका आशिष अमेरिका गए। नेपालमै रहेकी वर्षा केही समय आफ्नो फिल्म ‘लक्का जवान’को प्रमोसन गरेर श्रीमानलाई भेट्न अमेरिका गइन्।

त्यसपछि नेपाल फर्किएकी वर्षाले श्रीमानलाई सामाजिक सञ्जालमा अनफलो गरिन्। आशिषले पनि वर्षालाई सामाजिक सञ्जालबाट हटाए। वर्षाले इन्स्टाग्रामबाट विवाहका तस्बिर हटाइन्। फेसबुकमा भने विवाहका तस्बिर केही समय अघिसम्म थिए। श्रीमानले अर्कै विवाह गरेपछि वर्षाले ती तस्बिर हटाएकी छन्।

सामाजिक सञ्जालको फलो र अनफलोलाई हेरेर धेरैले उनीहरुको सम्बन्ध बिग्रिएको लख काटिरहेका थिए। तर उनीहरु दुवैले आफ्नो सम्बन्धबारे केही बोलेनन्। आशिषका आफन्तले दोस्रो विवाहको फोटो सार्वजनिक गरेपछि यो खबर बाहिर आएको हो।