Logo

बागमती पेज

चैत्र ४, २०७९ शनिबार

टोखामा जेष्ठ नागरिक दिवा सेवा उद्घाटन


काठमाडौँ । टोखा नगरपालिका वडा नम्बर ६ मा जेष्ठ नागरिक दिवा सोव कार्यक्रम उद्घाटन भएको छ ।

जेष्ठ नागरिकलाई सहज र सुविधा होस् भनि सो कार्यक्रम संचालनमा ल्याईएको वडाध्यक्ष शान्ता पौडेलले जानकारी दिएकी छन् । उनले प्रत्येक हप्ताको शनिवार ज्येष्ठ नागरिकलाई हौसल्ला प्रदान गर्न र खुशी साटासाट गर्न कार्यक्रम सुरु गरेको बताईन् ।

नेपालको संविधान २०७२ भाग ३ धारा ४१ को मौलिक हक अन्र्तगत जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था गरेको छ ।

टोखा नगरपालिका जेष्ठ नागरिक कल्याण समितिका सदस्य ध्रुवबन्दु अर्यालले आफ्नै वडामा यस्तो काम सुरु भएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा टोखा नगर भित्रका सबै वडामा यस्ता कामको थालनी गर्न समेत अनुरोध गरेका छन् ।

मन्दिरमा भेला भएका जेष्ठ नागरिकलाई चिया र खाजा दिने व्यवस्था नगरले गर्ने भएको छ । जेष्ठ नागरिकलाई आवश्यकिय बाद्यवाजन सामाग्री नगरले उपलब्ध गराउने भएको छ ।